दक्षिण अमेरिकामा आँधीबेहरी, ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको छ। तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठुलो क्षति पुर्याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा क्षति पुगेको छ।
क्यान्ससमा धुलोको आँधीबेहरीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परेका र उक्त दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाइएको छ।
ट्र्याकर पावरआउटेजका अनुसार आधीका कारण शनिबार दिउँसो टेक्सास, मिसौरी र इलिनोइसलगायत छ राज्यका २।४ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको थियो।
मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ। यी तीन राज्यहरू बाहेक, दक्षिणपूर्वमा मौसम खराब रहेकोले अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ।
राष्ट्रिय मौसम सेवाले यी अचानक आउने बाढी घातक साबित हुन सक्ने बताएको छ। यसअघि शनिबार बिहान मध्य मिसिसिपीमा आँधीको बारेमा उच्च सतर्कता जारी गरिएको थियो। बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर