हालसम्मकै सबैभन्दा कम स्कोरमा अलआउट भयो गण्डकी प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको टोली हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिएको छ । सिद्धार्थनगर रंगशालामा आइतबार खेलिएको कोशी प्रदेशविरुद्धको खेमला गण्डकी प्रदेश केवल ३१ रनमै अलआउट भएको हो ।
यसअघि कुनै पनि टोली यति कम स्कोरमा अलआउट भएको थिएन । टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकी प्रदेशका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
वंश क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवाष भण्डारी शून्य रनमै पेभेलियन फर्किएका हुन् । ओपनर अर्जुन कुमालले सर्वाधिक नौ रन बनाए । अर्का ओपनर मुस्कान थापा चार रनमै आउट भए । कप्तान विपिन खत्री पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमृत गुरुङले तीन रन बटुले । सुदिप अर्याल एक रनमै आउट भए । तल्लो क्रमका ब्याट्सम्यान चन्द्र पौडेलले पाँच रन बनाए । सुजन गौतम ६ रनमा अविजित रहे । गण्डकी प्रदेशले अतिरिक्त रुपमा दुई रन पायो ।
कोशी प्रदेशका बलर विपिन महतो एक्लैले ६ विकेट लिए । उनले आठ ओभरमा तीन मेडन राख्दै केवल १७ रन खर्चिए । फिरदोष अन्सारीले पनि तीन विकेट लिए । उनले आठ ओभरमा पाँच मेडन राख्दै केवल १० रन खर्चिए । अर्को एक विकेट दिपेश कँडेलले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण