निजामती कर्मचारी अस्पताल ऐनबाट सञ्चालन गरिनुपर्ने
कठमाडौँ । निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्राडा विधानिधि पौडेलको विदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो ।
निवर्तमान कार्यकारी निर्देशक प्राडा पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताए ।
निजामती कर्मचारी अस्प्ताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियमावलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
प्राडा पौडेलले आफनो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा सुरु गरी उत्कृष्ट क्यान्सर उपचार सेवा प्रदान गरिएको बताए ।
नवनियुक्त कार्यकारी निर्देशक प्राडा रेग्मीले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
२०६७ माघदेखि बहिरङग, अन्तरङ्ग र शल्यक्रिया सुरु गरेको अस्प्ताल अहिले तीन सय शय्यामा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण