सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि
काठमाडौँ । इन्टरनेशनल मास्टर्स लिग (आईएमएल) क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले आइतबार राति सम्पन्न फाइनलमा ब्रायन लाराको कप्तानीमा रहेको वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै उपाधि चुमेको हो ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने १७.१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो ।
भारतको जितमा विकेटकिपर ब्याट्सम्यान अम्बाती रायुदुले ७४ रनको योगदान गरे । ओपनर रायुदुले केवल ५० बलको सामना गरी तीन छक्का र नौवटा चौका पनि हिर्काए । कप्तान सचिन तेन्दुल्करले पनि १८ बलमा एक छक्का र दुई चौकाको मद्दतले २५ रन बनाए ।
गुरकिरतसिंह मनले १४ र युवराज सिंहले अविजित १३ रन जोडे । स्टुअर्ट बिन्नीले पनि टोलीको खातामा अविजित १६ रन थपे । वेस्ट इन्डिजका बलर आस्ले नर्शले दुई तथा टिनो बेष्ट र सुलिमान बेनले एक–एक विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि लेन्डन सिमोन्सले ५७ रनको उत्कृष्ट पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । सिमोन्सले ४१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान ड्वेन स्मिथले पनि टोलीको खातामा ४५ रन थपेका थिए । उनले केवल ३५ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । कप्तान ब्रायन लारा भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
भारतीय टोलीका बलर विनय कुमारले तीन विकेट लिए । सहबाज नदिमले पनि दुई विकेट हात पारे । पवन नेगी र स्टुअर्ट बिन्नीले एक–एक विकेट कुम्ल्याए ।
प्रतियोगितामा अस्ट्रेलियाका शेन वाट्सन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा रहे । उनले कुल तीन सय ६१ रन बनाए । अस्ट्रेलियाकै जेभियर डोहर्टी भने सर्वाधिक विकेट लिने बलर बने । उनले कुल १० विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण