भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिमा सर्वकालीन महान् फुटबलर को ?
काठमाडौँ । विश्व फुटबलको इतिहासमा सबैभन्दा महान् खेलाडी को हो भन्ने विवाद वर्षौँदेखि चल्दै आएको छ । खासगरी, विश्व फुटबलका सर्वकालीन दुइ महान् खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना र ब्राजिलका पेलेलाई केन्द्रमा राखेर वर्षौँदेखि यस्तो विवाद चल्दै आएको छ ।
यी दुवै महान् फुटबलर अहिले हामीमाझ छैनन् । दुवैको निधन भइसकेको छ । तर, यी दुईमध्ये को महान् फुटबलर भनेर विवाद भने अहिले पनि चलिरहेकै छ । यो विवादलाई लिएर विश्व फुटबल पनि दुई भागमा विभाजित छ ।
यसै विषयमा अहिले आएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो धारणा राखेका छन् । सर्वकालीन महान् फुटबल खेलाडीको बारेमा सोधिएको प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले डिएगो म्याराडोनाको नाम लिएका छन् ।
मोदीले म्याराडोना नै सर्वकालीन महान् फुटबलर भएको धारणा राखेका छन् । उनले म्याराडोनालाई नायकको सँज्ञा पनि दिएका छन् । उनले म्याराडोनाको बारेमा आफ्नो धारणा राख्दा वर्तमान विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको चर्चा पनि गरेका छन् ।
‘सन् १९८० को दशकमा विश्व फुटबलमा एउटा नाम सधैँ चर्चामा रहन्थ्यो । त्यो नाम थियो, डिएगो म्याराडोना । त्यो पुस्ताका लागि उनी सच्चा नायक थिए । त्यतिबेलाको पुस्ताले त्यसैगरी म्याराडोनाको नाम लिन्थे, जसरी अहिलेको पुस्ताले लियोनल मेस्सीको नाम लिन्छन्,’ मोदीले भनेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले फुटबलको विषयमा कुरा गर्दा समयसँगै महानताको धारणा परिवर्तन हुने पनि बताएका छन् । म्याराडोनाकै नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ मा फिफा विश्वकपको उपाधि पनि उचालेको थियो ।
मोदीले आधुनिक फुटबलमा भने मेस्सीको दबदबा रहेको धारणा व्यक्त गरेका छन् । यही प्रसङ्गलाई पुष्टि गर्न उनले समयसँगै महानताको आधारणा बदलिँदै जाने बताएका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो ।
भारतीय प्रधानमन्त्रीले आफ्नो देशमा पनि फुटबल खेलेको लोकप्रियता बढ्दै क्रममा रहेको बताएका छन् ।
‘भारतमा फुटबलको लोकप्रियता बढ्दो छ । हाम्रो महिला फुटबल टोलीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा गतिलो प्रदर्शन गर्दै आएको छ,’ उनले भनेका छन् ।
विश्व फुटबल महासङ्घ (फिफा) ले म्याराडोनालाई ‘२० औँ शताब्दीको सर्वोत्कृष्ट खेलाडी’ को सम्मान पनि दिएको छ । सन् २०२० को नोभेम्बर २५ तारिखमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण