पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ ः सिटौला
काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन् । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने सिटौलाको भनाइ छ ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सिटौलाले पूर्वराजामा सम्मान ग्रहण गर्दिनँ भन्ने आँट भए मात्रै राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सुहाउने बताए ।
सिटौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले हामीले दिएकै सम्मान ग्रहण गर्नु उचित हुन्छ, होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ ।’
सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूमा दृढता नदेखिएको बताए ।
‘राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन,’ सिटौलाले भने । उनले परिवर्तन पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले नयाँ संविधान जारी भएको लामो समयपछि पूर्वराजाले गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए । ‘म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा, उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो, अहिले गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ’ सिटौलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण