ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो
सोमबार, ०४ चैत २०८१, १७ : २७
सुर्खेत । ड्रमको डुंगामा चढेर कर्णाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका युवाको शव भेटिएको छ । सोमबार बिहान ७ बजेतिर मुगुको छारानाथ रारा नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल कालिकोटको पलाँता गाउँपालिका ९, बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जाने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए ।
घटना घटेलगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भएको थियो । दिउँसो ३ बजेतिर घटना घटेको स्थानभन्दा केही तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई बताए ।
उनका अनुसार कर्णाली करिडोरका घाटचौर सडक खण्डमा काम गर्दै आएका उनीसहित चार जना चढेको ड्रमको डुंगा ढल्किँदा देवनाथ कर्णालीमा खसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियामा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
-
कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदै
-
कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमति भएको छ– सांसद शाही
-
सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण