ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो
सोमबार, ०४ चैत २०८१, १७ : २७

सुर्खेत । ड्रमको डुंगामा चढेर कर्णाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका युवाको शव भेटिएको छ । सोमबार बिहान ७ बजेतिर मुगुको छारानाथ रारा नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल कालिकोटको पलाँता गाउँपालिका ९, बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जाने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए ।
घटना घटेलगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भएको थियो । दिउँसो ३ बजेतिर घटना घटेको स्थानभन्दा केही तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई बताए ।
उनका अनुसार कर्णाली करिडोरका घाटचौर सडक खण्डमा काम गर्दै आएका उनीसहित चार जना चढेको ड्रमको डुंगा ढल्किँदा देवनाथ कर्णालीमा खसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने