‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?
मङ्गलबार, ०५ चैत २०८१, १४ : ५६
काठमाडौँं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो ‘अञ्जिला’ २९ गते बिहीबारबाट प्रदर्शनमा आएको हो ।
फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ। निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार फिल्मले ३ दिनमा देशव्यापी २ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । त्यसपछिको व्यवसाय भने सार्वजनिक गरिएको छैन ।
फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका छ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
फिल्मले एन्जिलाले फुटबलर बन्न गरेको संघर्ष र सफलताको कथा समेटेको छ । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बू निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण