पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनबाट अलग हुने घोषणा गरेको छ । १०० जनाले मतदान गरेपछि मतदान प्रक्रिया रोकिएको थियो ।
त्यसपछि क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिहरूबिच छलफल भएको थियो । लामो समयसम्मको बैठकपछि पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।
त्यहीबेला अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गरेको हो । अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गर्दै ज्ञापनपत्र बुझाएपछि अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ ।
फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै विद्यार्थीहरूले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको थियो । त्यसपछि लामो समयदेखि सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भएको थियो । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसेको थियो ।
अन्य विद्यार्थी संगठनहरूले अनेरास्ववियुले हार्ने डर भएपछि चुनाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण