साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
काठमाडौँ । भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने साफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाका महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे ।
यू–१९ साफ च्याम्पियनसिप आगामी वैशाख २८ देखि जेठ ४ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा ६ वटा राष्ट्रको सहभागिता रहने छ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । माल्दिभ्स, भुटान र बंगलादेश प्रतियोगिताको समूह ‘ए’ मा परेका छन् ।
नेपाल, भारत र श्रीलंका प्रतियोगिताको समूह ‘बी’ मा छन् । समूहगत चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
त्यसपछि दुबै समूहबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलम पुग्नेछन् ।
नेपाली टोलीले आफ्नो पहिलो खेल वैशाख २८ गते श्रीलंकासँग खेल्नेछ
नेपालले आफ्नो दोस्रो खेल भने वैशाख ३० गते भारतसँग खेल्नेछ । नेपाली टोली यो प्रतियोगिताको साविक उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण