एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने

वासिंटन डीसी । यस वर्षको एएनएबाट आयोजित “नेपाली राष्ट्रिय सम्मेलन” अगस्त २२, २३ र २४ मा क्यानडाको क्यालगरी शहरमा हुने भएको छ।
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीबाट संस्थागत रुपमा र सार्वजनिक रुपमा जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमा यस वर्ष अर्थात् सन् २०२५ को एएनए “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” आगामी अगस्त २२,२३ र २४ मा क्यानडाको क्यालगरीमा सम्पन्न हुने उल्लेख छ ।
अध्यक्ष अधिकारीबाट प्रेस विज्ञप्तिमा ४२ वर्ष पछिको इतिहासमा ३७ वर्ष पश्चात् दोस्रो पटक क्यानडामा “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” को चिनारीबाट क्यानडामा सम्मेलन हुन लागेको उल्लेख गरिएको छ।
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को गत मार्च ५, २०२५ बुधवारका दिनमा बसेको कार्यसमिति, संरक्षक समिति साथै सल्लाहकार समितिको संयुक्त र पूर्ण भर्चुअल बैठकले सर्वसम्मत निर्णयबाट सम्मेलनको स्थान, मिति तय गरेको हो ।
सम्मेलनमा सपरिवार उपस्थित भएर हरेक प्रत्येक कार्यक्रमहरूमा सहभागी हुनको लागि देश तथा विदेशमा रहेका सम्बन्धित सबैमा एएनए अध्यक्ष अधिकारीले अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’