एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
वासिंटन डीसी । यस वर्षको एएनएबाट आयोजित “नेपाली राष्ट्रिय सम्मेलन” अगस्त २२, २३ र २४ मा क्यानडाको क्यालगरी शहरमा हुने भएको छ।
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीबाट संस्थागत रुपमा र सार्वजनिक रुपमा जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमा यस वर्ष अर्थात् सन् २०२५ को एएनए “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” आगामी अगस्त २२,२३ र २४ मा क्यानडाको क्यालगरीमा सम्पन्न हुने उल्लेख छ ।
अध्यक्ष अधिकारीबाट प्रेस विज्ञप्तिमा ४२ वर्ष पछिको इतिहासमा ३७ वर्ष पश्चात् दोस्रो पटक क्यानडामा “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” को चिनारीबाट क्यानडामा सम्मेलन हुन लागेको उल्लेख गरिएको छ।
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को गत मार्च ५, २०२५ बुधवारका दिनमा बसेको कार्यसमिति, संरक्षक समिति साथै सल्लाहकार समितिको संयुक्त र पूर्ण भर्चुअल बैठकले सर्वसम्मत निर्णयबाट सम्मेलनको स्थान, मिति तय गरेको हो ।
सम्मेलनमा सपरिवार उपस्थित भएर हरेक प्रत्येक कार्यक्रमहरूमा सहभागी हुनको लागि देश तथा विदेशमा रहेका सम्बन्धित सबैमा एएनए अध्यक्ष अधिकारीले अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण