गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)का प्रभात साहानी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट सभापतिमा साहानी निर्वाचित भएका हुन् ।
साहानीले प्रतिस्पर्धी संयुक्त प्यानलकी रेनुका परियारलाई ४१ मतले पछाडि पार्दै ९९ मत लिएर विजयी भएका हुन्। परियारले ५८ मत ल्याएकी थिइन् ।
अनेरास्ववियु क्रान्तिकारीबाट सचिवमा पवन विकले ८५ मत, कोषाध्यक्ष स्मृति बुढाथोकीले ८९ मत ल्याएर विजयी भए । सदस्यमा क्रान्तिकारीका अजय केसीले ८२ मत, प्रमिला विकले ८८ मत र निकीता साहनीले ९० मत प्राप्त गरी विजयी भएका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियु (क्रान्तिकारी)ले ८३ मत प्राप्त गरेको छ, भने नेविसंघले ५१ मत, अनेरास्ववियुले ४ मत र अखिल छैठौले १३ मत प्राप्त गरेका छन् । यससँगै समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ३ वटा र नेवि संघबाट २ वटा सदस्य पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण