सिराहाका दुई क्याम्पसमा नेविसंघ विजयी
सिराहा । सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।
सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । उनले एक सय ७८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले एक सय १० मत मात्र पाए । सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।
सदस्यहरूमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आरती कुमारी मण्डल, अजिता कुमारी यादव, विशाल यादव र मनिषा कुमारी यादव निर्वाचित भएका छन् ।
त्यसैगरि सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् । उनले पाँचसय ७५ मत ल्याएर निकटतम प्रतिस्पर्धीसँग एक सय ४४ मतान्तरले विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले चारसय ३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण