नेतन्याहुले भने– गाजामा आक्रमण शुरुआत मात्रै हो
बुधबार, ०६ चैत २०८१, ११ : ५५
इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासविरुद्ध फेरि पूर्णस्तरमा आक्रमण सुरु गरेको बताएका छन् । अहिले आक्रमण सुरुवात मात्र भएको भन्दै नेतन्याहुले एउटा भिडियो सन्देश जारी गरेका छन् । जसमा भनिएको छ, ‘युद्धविरामसम्बन्धी वार्ता अब आगोमाथि मात्रै चल्नेछ । यो त आक्रमणको सुरुवात मात्रै हो ।’
इजरायलले गाजामा निकै ठुलो हवाई हमलाहरू गरिरहेको समयमा नेतन्याहुको यो भिडियो बाहिरिएको हो । इजरायलले मंगलबार राति गरेको आक्रमणमा गाजामा ४०० भन्दा धेरैको मृत्यु भएको थियो ।
आफूले हमासका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेर आक्रमण भइरहेको इजरायली सेनाले जनाएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठुलो हवाई आक्रमण भएको बताइएको छ ।
गाजामा युद्धविरामको अर्को चरण सुरु गर्ने वार्तामा सहमतिमा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण