यस्तो देखियो बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ । तर, अन्य कामहरू जारी रहेकाले संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरूले यो सुरुङमार्ग प्रयोगका लागि अझै केही समय पर्खिनु पर्नेछ ।
सुरुङमार्ग सञ्चालनमा आएपनि नागढुङ्गा–थानकोट सडकखण्डमा हुने जामको समस्या समाधान हुनेछ भने यात्रा समेत छोटिने छ ।
आयोजनामा तीन वटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।
जसअनुसार बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको हो । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।
यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीयको अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो ।अहिलेपनि कतिपय विषयमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।
बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर र आसपासका क्षेत्रका तस्बिरहरु हेर्नुहोस्ः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण