यस्तो देखियो बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ । तर, अन्य कामहरू जारी रहेकाले संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरूले यो सुरुङमार्ग प्रयोगका लागि अझै केही समय पर्खिनु पर्नेछ ।
सुरुङमार्ग सञ्चालनमा आएपनि नागढुङ्गा–थानकोट सडकखण्डमा हुने जामको समस्या समाधान हुनेछ भने यात्रा समेत छोटिने छ ।
आयोजनामा तीन वटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।
जसअनुसार बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको हो । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।
यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीयको अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो ।अहिलेपनि कतिपय विषयमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।
बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर र आसपासका क्षेत्रका तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)