बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान हुँदैन: बाबुराम भट्टराई

बुधबार, ०६ चैत २०८१, १६ : १८
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका छन् । 

बुधबार काठमाडौँको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका हुन् । 

सरकारमा रहेका बेला सबै ठिक र सरकारबाट बाहिरिएको भोलीपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए । 

त्यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताए । उनले जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भावना समेत नरहेको जिकिर गरे । 

भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राखे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप