विश्वकप छनोटअघि अर्जेन्टिनालाई अर्को झट्का, मेस्सीपछि मार्टिनेज पनि बाहिरिए
काठमाडौँ । फिफा विश्वकप छनोट प्रतियोगिताको महत्त्वपूर्ण खेलअघि अर्जेन्टिनी टोलीलाई अर्को झट्का लागेको छ । स्टार स्ट्राइकर लियोनल मेस्सीपछि अर्का प्रभावशाली स्ट्राइकर लाउटारो मार्टिनेज पनि टोलीबाट बाहिरिएका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाले मार्च २१ तारिखमा बलियो प्रतिद्वन्द्वी उरुग्वेसँग छनोट खेल खेल्दैछ । उक्त खेल उरुग्वेको घरेलु मैदानमा खेलिने छ । त्यसपछि अर्जेन्टिनाले मार्च २५ तारिखमा चिरप्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । यो खेल अर्जेन्टिनाको घरेलु मैदानमा खेलिने छ ।
इटालियन क्लब इन्टर मिलानका प्रभावशाली स्ट्राइकर मार्टिनेज मांसपेशी सम्बन्धी समस्याका कारण छनोट खेलबाट बाहिरिएको समाचारमा जनाइएको छ । उनी यसअघि पनि ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएका थिए ।
आफ्ना दुई प्रभावशाली स्ट्राइकर मेस्सी र मार्टिनेजको अनुपस्थिति अर्जेन्टिनाका लागि चिन्ताको विषय बनेको छ । मेस्सी पनि स्वास्थ्य सम्बन्धी समस्याकै कारण छनोट प्रतियोगिताबाट बाहिरिएका हुन् । उनी लामो समयदेखि पटक–पटक घाइते हुँदै आएका छन् ।
मेस्सी र मार्टिनेजको अनुपस्थितिमा अब अर्जेन्टिनी टोलीको आक्रमणको जिम्मेवारी जुलियन अल्भारेजको काँधमा आउने छ । २५ वर्षीय स्ट्राइकर अल्भारेज स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण