वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण सक्ने लक्ष्य
_JvLGtlQmJJ.jpg)
काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको जनाएको छ । त्यसका लागि आवश्यक सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तोकिएको समयभित्रै प्याराफिट निर्माण हुने गरी मन्त्रालयबाट समन्वय र सहजीकरण भइरहेको बताए ।
क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो रहेको भन्दै उनले समयमा नै कार्यसम्पन्न गर्न तीन सिफ्टमा काम भइरहेको उल्लेख गरे । क्रिकेट नेपालको लोकप्रिय खेलको रुपमा विकास भइरहेको अवस्थामा देशका अन्य स्थानमा पनि मैदान निर्माण गरेर अघि बढ्ने उनले बताए ।
त्यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लड लाइट जडान कार्यको लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि सोचेजस्तो प्रस्ताव नआएकाले अर्थ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको बताए ।
उनले सम्झौता अनुसार ठेकेदार कम्पनीले समयमा नै कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले मूलपानी मैदानको निर्माण अघि बढाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?