वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण सक्ने लक्ष्य
काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको जनाएको छ । त्यसका लागि आवश्यक सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तोकिएको समयभित्रै प्याराफिट निर्माण हुने गरी मन्त्रालयबाट समन्वय र सहजीकरण भइरहेको बताए ।
क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो रहेको भन्दै उनले समयमा नै कार्यसम्पन्न गर्न तीन सिफ्टमा काम भइरहेको उल्लेख गरे । क्रिकेट नेपालको लोकप्रिय खेलको रुपमा विकास भइरहेको अवस्थामा देशका अन्य स्थानमा पनि मैदान निर्माण गरेर अघि बढ्ने उनले बताए ।
त्यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लड लाइट जडान कार्यको लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि सोचेजस्तो प्रस्ताव नआएकाले अर्थ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको बताए ।
उनले सम्झौता अनुसार ठेकेदार कम्पनीले समयमा नै कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले मूलपानी मैदानको निर्माण अघि बढाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण