संसद् बैठक
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
बिहीबार, ०७ चैत २०८१, २२ : १९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् ।
आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् । उनी संसद् बैठकबाट बाहिरिएका छन् । सांसद साहले यसलाई औचित्यहीन भएको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिङ्गो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको साहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण