२९ चैत्रबाट सर्यो ‘नरसिंहा अवतार’

काठमाडौंँ । फिल्म ‘नरसिंहा अवतार’को प्रदर्शन सरेको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै यहि चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अहिले सारिएको छ ।
फिल्मको केही प्राबिधिक काम बाँकी रहेकोले फिल्म सारिएको निर्देशक दिवाकार भट्टराइले बताए । फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक हुने उनको भनाई छ । ‘फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन’, भट्टराइले भने ‘तर, हामी जेठमा रिलिजको तयारी गरिरहेका छौँ ।’
चैत २९ मा धेरै नेपाली फिल्म भएको र किन भिड्नु भन्ने सोचले पनि त्यो मितिमा नआउने निधो गरेका उनले सुनाए । ‘नरसिंहा अवतार’ अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म हो । त्यसैले यो फिल्मप्रति दर्शकमा चासो छ । हमालले पनि फिल्मले आफ्नो करिअरलाई पुरानै लयमा फर्काउन आशा गरेका छन् ।
फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी (पूर्वमिस नेपाल), प्रशान्त ताम्राकार, दीपा शाही, राजिव बस्नेत, अर्जुन श्रेष्ठ, अमित श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्मको निर्मातामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने हुन् । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८० प्रतिशत निर्माण कम्पनी ठेक्काकै बिच कालोसूचीमा
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा