एकता अधिवेशनका लागि जुट्यो एनआरएनए दक्षिण कोरिया

काठमाडौँ । शेष घले पक्षीय गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया एकता अधिवेशनका लागि जुटेको छ । त्यसकै तयारी स्वरूप एनआरएनए कोरियाले भर्चुअल अन्तरक्रिया कार्यक्रम राखेको छ ।
घले पक्षीय एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले शनिबार बेलुका पौने ९ बजे ‘एकता महाधिवेशन–२०२५ अन्तरक्रिया कार्यक्रम’ गर्न लागिएको बताए ।
सर्वोच्चको फैसलाअनुसार आफूहरूले पनि दक्षिण कोरियामा आगामी अप्रिल ६ तारिखका दिन एकता अधिवेशन गर्न लागिएको जानकारी दिँदै उनले त्यसकै तयारीस्वरुप सबै पक्षलाई समेट्न अन्तरक्रिया राखिएको बताए ।
उनका अनुसार ‘एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए कोरियाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एकता अधिवेशन गर्न लागिएको छ ।
‘यो अधिवेशन उच्च स्तरीय समितिको निर्देशन, समितिद्वारा जारी गरिएको कार्यविधि तथा सर्वोच्च अदालतको फैसलाको मूल मर्मअनुसार सम्पन्न गरिने भएकोले वर्तमान परिस्थितिमा कोरियामा रहेका गैरआवासीय नेपाली समुदायलाई एकताबद्ध गर्दै सहकार्य, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने ।
हाम्रा साझा सरोकारका विषयहरूमा विचार विमर्श गर्दै कोरियामा रहेका नेपालीहरूको हक, अधिकार तथा सम्भावनाहरूलाई नयाँ उचाइमा पुर्याउन एकता अधिवेशनलाई सफल बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको महासचिव प्रशान्त राज बानियाले बताए ।
त्यसैले एकता महाधिवेशन नजिकिँदै गर्दा यसका बहुआयामिक पक्षहरूबारे छलफल गर्न अन्तरक्रिया राखिएको उनको भनाइ छ । एनआरएनए दक्षिण कोरियाले नेपाल सरकारका मन्त्री, उच्चस्तरीय समितिका संयोजक शेष घले, सदस्य विनोद कुँवरलगायतको सहभागितामा एकता अधिवेशन गर्ने तयारी गरेको पनि अध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक