कर्णालीकाे मुख्य प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान
सुर्खेत। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा सवारी साधनका स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान गरिएको छ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार एक कार्यक्रमका बिच उक्त प्रविधिको उद्घाटन गरे । मुख्य राजमार्गमा पहिलो पटक जडान गरिएको उक्त प्रविधिले सम्पूर्ण सवारी साधनको नम्बर प्लेट रेकर्ड राख्ने गर्दछ।
अब प्रहरीले सवारी साधन रोक्दै, नम्बर प्लेट फाइलमा नाम टिप्नुपर्ने अवस्थाको अन्त्य भएको मुख्यमन्त्री कँडेलले बताए। 'यसको प्रभावकारिता आवश्यक छ,' उनले भने, 'अहिले सरकार कमजोर बनाउने अनि व्यक्ति बलियो बन्न खोज्ने प्रवृत्ति हाबी भएको छ। यातायात क्षेत्रमा यो झन् विकराल छ । यसलाई अन्त्य गरिनुपर्छ।'
कँडेलले अब प्रहरीले एकान्तकुनामा सवारी चेकजाँग गर्ने काम नगर्न आग्रह गरे । उनले थपे, 'नाका र चेक प्वाइन्टमा चेक गरे भैगो नि, किन एकान्तकुना जानुपथ्र्याे ? जनविश्वास हुने गरी काम गर्नुपथ्र्याे । कहिलेकाहीँ भाग्नपर्ने गरी काम कसैले नगरौँ ।' डिजिटल प्रविधिको पहिलो पटक सुरुवात गरिएको बताउँदै कँडेलले यसको सही सदुपयोग गरी सकारात्मक प्रभाव पार्नुपर्ने बताए।
अब बबईमा भएको गतिविधि वीरेन्द्रनगरमा रहेको प्रदेश प्रहरी कार्यालयबाट निगरानी गर्न सकिने प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए ।
साथै शान्ति सुरक्षा कायम राख्नमा सहयोग पुर्याउने उनले बताए। 'यो प्रविधिले नाकामा आउने/जाने गाडीको सम्पूर्ण रेकर्ड रहने छ,' उनले भने, 'सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि यो प्रविधिको जडान गरिएको हो ।' ९ लाख ७६ हजार खर्च गरेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जडान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण