त्रिवि केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन नगरे आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
त्रिवि फागुन ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । फागुन ५ गतेको निर्वाचन ८ गतेका लागि सरेको थियो । तर, त्यो पनि अनिश्चित बनेर १० गतेसम्मका स्थगित भएको छ ।
नेविसंघको आन्तरिक विवादका कारण निर्वाचन प्रक्रियाको सुरुवातदेखि नै तालाबन्दी गरिएको थियो । जसले गर्दा पाँच गतेको निर्वाचन प्रक्रिया रोकिएको थियो । त्यसपछि ताला खुलेपनि उच्च अदालत पाटनमा मुद्दा हालेपछि निर्वाचन १० गते अघि अनिश्चित बनेको छ ।
जसले गर्दा विश्वविद्यालयमा अध्ययनरत ६ हजार भन्दा बढी विद्यार्थीहरूको आफ्नो मताधिकारबाट वञ्चित भएको भन्दै क्रान्तिकारी भर्त्सना गरेको छ । कुनै सङ्गठनको आन्तरिक किचलोको कारण विश्वविद्यालयमा समयमै स्ववियु निर्वाचन सम्पन्न नसकेको भन्दै क्रान्तिकारीले आपत्ति जनाएको छ ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले त्यस्ता मताधिकार विरोधी सङ्गठनको समयमै पहिचान गर्न र चिन्न जरुरी रहेको विज्ञप्ति उल्लेख छ ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न माग गरे । अन्यथा आफ्नो मताधिकार प्राप्तिका लागि हजारौँ विद्यार्थीहरूसँगै अखिल क्रान्तिकारी जस्तोसुकै आन्दोलनका लागि बाध्य हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण