मन्त्रीहरुलाई लोसपाको निर्देशन : जनअपेक्षाअनुसार काम गर्नुहोस्
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्ना मन्त्रीहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ । लोसपा नेपालको हिजो बसेको सचिवालयको बैठकले सो सुझाव दिएको हो । लोसपा नेपालबाट सङ्घ तथा मधेश प्रदेश सरकारमा मन्त्रीहरू सहभागी छन् । प्रदेशदेखि केन्द्रसम्मको सरकारको आलोचना भइरहेको बेला लोसपा नेपालले सो सुझाव दिएको हो ।
लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले जनअपेक्षा, जनहितमा सुशासन कार्यका लागि काम गर्न आफ्ना पार्टीका मन्त्रीहरूलाई सुझाव दिएको बताए । ‘खासगरी मधेस प्रदेशमा सरकारको निकै आलोचना भइरहेको छ, पार्टीका नेता तथा कार्यकर्ताले पनि असन्तुष्टि जनाइरहेका छन्, त्यो असन्तुष्टिलाई सम्बोधन हुने गरी कार्य गर्न पार्टीले सुझाव दिएको हो’ उनले भने ।
साथै सो पार्टीले अहिले गणतन्त्र, धर्मनिरपेक्षता तथा अन्य उपलब्धिमाथि जुन खालको प्रहार भइरहेको छ, त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘राजावादीहरुले गणतन्त्रको विरुद्धमा जुन हर्कत गरिरहेका छन्, त्यो पार्टीका लागि असहय छ र त्यसमा पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन भनिएको छ’ उनले भने, ‘जनमतको हित विपरीत गतिविधि भयो भने लोसपा आन्दोलनमा पनि जानसक्छ ।’
त्यस्तै सो पार्टीले पार्टीका वडा तथा पालिका समितिको अधिवेशन गर्ने समय थप गरिएको समेत जनाएको छ । लोसपा नेपालले वैशाखमा पार्टीको महाधिवेशन गर्दैछ । त्यसका लागि अधिवेशनहरू हुँदैछन् । वडा र पालिका समितिको अधिवेशन गर्ने समय चैत ७ गतेसम्म थियो । त्यसमा १० दिन थपेर १७ गतेसम्म पुर्याएको छ । चैत १७ गतेभित्र सम्पूर्ण वडा तथा पालिका समितिको महाधिवेशन गरिसक्नु पर्ने निर्णय सचिवालयको बैठकले गरेको महासचिव झाले बताए ।
त्यस्तै कोशी प्रदेश र बागमती प्रदेश पार्टीको प्रादेशिक संरचना तथा सङ्गठनको बारेमा अध्ययन गर्न दुइटा छुट्टाछुट्टै समिति बनाउने निर्णय बैठकले गरेको महासचिव झाले बताए । सो समितिले ती प्रदेशको पार्टीगत अवस्था बुझेर तयार पारेको प्रतिवेदनको आधारमा संगठित गतिविधि अगाडि बढाउने उनले बताए ।
त्यस्तै पार्टीले तोकेको लेबी समयमा बुझाउन पार्टीका नेता, मन्त्री, सांसद तथा राजनीतिक नियुक्ति पाएकाहरूलाई समेत निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण