परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गएर शुक्रवार स्वदेश फर्किएकी हुन् ।
भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा.एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीहरु लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा जयशंकरसँगको भेटमा नेपाल र भारतबिचमा रहेका दुई पक्षीय संयन्त्रका बैठकहरूमा भएका प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्री राणाले जानकारी दिइन् । त्यस्तै भेटमा नेपालमा आपूर्ति विद्युत् परिणाम बढाउन आग्रह गरेको पनि मन्त्री राणाको भनाइ छ ।
भारत भ्रमणमा रहँदा मन्त्री राणाले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गेलसँगको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरताका लागि आग्रह गरेकी थिइन् ।
त्यसक्रममा हमासले बन्धक बनाएका विपिन जोशीको रिहा तथा एमसीसीबारे पनि कुराकानी भएको मन्त्री राणाले जानकार दिँदै युक्रेनी समकक्षीसँगको भेटमा उक्त देशमा बन्दीका रूपमा रहेका सात जना नेपाली नागरिकलाई रिहाइ र स्वदेश फिर्ताका लागि आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण