पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् । शनिवार गोरखाको गोरखकाली मन्दिर पूजाअर्चना पुगेका बेला सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
पूर्वराजा शाहले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ।’
उनले अहिले देशमा शान्ति चाहिएको बताउँदै कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए । पूर्वराजा शाहले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’
पूर्वराजा शाह मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न गोरखा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण