ट्रम्पद्वारा कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति चुनावकी उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज गरेका छन्। उनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन सहित धेरै पूर्व अमेरिकी प्रशासनिक अधिकारीहरूको सुरक्षा क्लियरेन्स पनि खारेज गरेका छन्।
सन् २०२० को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन ट्रम्प क्लिन्टनको प्रतिद्वन्द्वी रहेकी थिइन्। सुरक्षा क्लियरेन्सले कुनै पनि अमेरिकी नागरिकलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा पहुँच प्रदान गर्दछ।
डोनाल्ड ट्रम्पले फेब्रुअरी महिनामा नै जो बाइडेनको सुरक्षा क्लियरेन्स समाप्त गर्ने बताएका थिए। ट्रम्पले आफ्नो नयाँ घोषणामा यो कुरा पुष्टि गरेका छन्। उनले बाइडेन परिवारको ‘अर्को सदस्य’ को सुरक्षा क्लियरेन्स खारेज गर्न लागेको बताए।
ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विश्वस्त छु कि यस्ता व्यक्तिहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा पहुँच दिनु राष्ट्रिय हितमा छैन।’
अमेरिकामा पूर्व अमेरिकी राष्ट्रपति र पूर्व शीर्ष सुरक्षा अधिकारीहरूबाट सुरक्षा क्लियरेन्स फिर्ता नलिने परम्परा छ। यसलाई शिष्टाचारको प्रतीक मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण