करेन्ट लागेर दुई जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, १६ : ५२
काठमाडौँ । चितवन र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारस्थित आयुष्मा मोटर वोड कम्पनी प्रालिमा काम गर्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ५५ वर्षीय कुल पौडेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । बत्ती बाल्नको लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता रुपन्देहीको सैनामैना नगरपालिका-४ कुस्मा बस्ने ३२ वर्षीय जित बहादुर थारूको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ । आफ्नो घरमा विद्युत्को लाईन नआएपछि विद्युत्को तार चेक गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण