प्रचण्ड काठमाडौँ फर्किएपछि प्रमुख तीन दलका शीर्ष नेताबिच छलफलको तयारी
काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल हुने प्रचण्डका सचिवालयले जनाएको छ ।
अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आइतबार साँझ काठमाडौँ फर्किँदैछन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले टीआरसी बाहेक अन्य विषयमा भने छलफल नहुने रातोपाटीलाई बताए ।
‘प्रधानमन्त्रीज्यूले संसदमा पनि प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्क हुन नसकेको भन्नुभएको छ । टीआरसीको विषयमा प्रधानमन्त्रीको सचिवालयसँग हामी नियमित सम्पर्कमै छौँ । प्रचण्ड अभियानको क्रममा जिल्लामा व्यस्त हुनुभएको हुनाले भेट हुन नसकेको छ । उहाँ काठमाडौँ आएपछि टीआरसीको विषयमा शीर्ष नेताहरूबिच छलफल हुन्छ । तर राष्ट्रिय सहमतिको सरकारको विषयमा छलफल हुँदैन । हामीले स्पष्ट भनिसकेका छौँ २०८४ सम्म सरकारमा जाँदैनौँ’, आचार्यले स्पष्ट पारे ।
ओलीका सल्लाहकार अग्नि खरेलसँग पनि टीआरसीको विषयमा मात्र छलफल भएको जिकिर गरे । उनले वर्तमान सरकार गिराउने वा सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे ।
चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए । ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए ।
यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण