ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।
यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला बीच हस्ताक्षर भएको हो।
सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका ईसेवा मनि ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरु मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्।
यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए । उनले भने, "हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा अत्यन्तै खुशी छौं। अब विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्नेछन्।यस साझेदारीले प्रविधिको सहायताले भुक्तानी प्रक्रियालाई सरल बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण