नाबालिग पिताको सन्तानको आमा बनेको खुलासापछि आइसल्याण्डकी शिक्षा मन्त्रीले दिइन् राजीनामा
रेक्याभिक । आइसल्याण्डकी बालबालिका तथा शिक्षा मन्त्री आस्थिलदुर लोआ थोरसडोटिरले पदबाट राजीनामा दिएकी छिन् ।
तीन दशक पुरानो कुरा सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । आफू २२ वर्षकी हुँदा १५ वर्षको केटासँग आफ्नो सम्बन्ध रहेको र सो सम्बन्धबाट आफूहरूको एउटा बच्चा भएको उनले हालै स्वीकार गरेकी थिइन् । यो खबर बाहिरिए लगत्तै देशभरमा हंगामा मच्चियो ।
थोरसडोटिरले जुन केटासँग सम्बन्ध बनाएकी थिइन्, ती केटा एउटा चर्च समूहसँग सम्बन्धित थिए । उक्त चर्चमा थोरसडोरिट सल्लाहकारको रूपमा काम गर्थिन् । रिपोर्टका अनुसार त्यतिबेला केटाको उमेर १५ वर्षको थियो । केही समयपछि केटा बच्चाको बुबा बन्यो । १६ वर्षको उमेरमा उसलाई बच्चाको जिम्मेवारी दिइयो ।
दुईबीचको सम्बन्धलाई लुकाएर राखिएको थियो । शुरुमा शुरुमा उनलाई आफ्नो बच्चालाई भेट्न अनुमति दिइएको थियो ।
तर बच्चा केही ठूलो भएपछि उनलाई भेट्नबाट रोक लगाइयो । १८ वर्षसम्म बच्चाको पालनपोषणको खर्च भने थोरसडोटिरले बच्चाको पितालाई बेहोर्न बाध्य बनाएको बताइएको छ । आइसल्याण्डमा सहमतिमा यौन सम्पर्कका लागि १५ वर्षलाई कानुनी उमेर मानिन्छ । तर नाबालिगको अभिभावकत्व वा सल्लाहकारको पदमा रहेको वयस्कले यस्तो गरेको खण्डमा यसलाई अपराध मानिन्छ । यस्तोमा चर्चसँगको सम्बन्धका कारण यो मामिला झनै जटिल बनेको छ ।
मन्त्री पद छाडेपछि, सांसद पद रहने
केटाले आफूलाई पीडित ठानेनन् । तर, सानै उमेरमा बच्चाको भरणपोषणको खर्च उठाउन आफूलाई निकै कठिन भएको उनले बताए । चर्चबाट उनले केही भरथेग पनि पाए । यो कुरा बाहिरिएपछि थोरसडोटिरमाथि दबाब बढ्यो । उनले बिहीबार अचानक आफ्नो पदबाट राजीनामा दिइन् । यद्यपि उनी सांसद रहिरहनेछिन् । आइसल्याण्डका प्रधानमन्त्री क्रिस्टुन फ्रोस्टडोटिरले यस मामिलालाई दुर्भाग्यपूर्ण बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण