नदीमा बेपत्ता भएका भारतीय नागरिक पाँच दिनपछि मृत भेटिए
आइतबार, १० चैत २०८१, १५ : ४४

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएका थिए । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको हो ।
पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना काली गण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ । शवलाई जिल्ला अस्पताल पाल्पा पठाएको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल