अमृत साइन्स क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै विजयी
आइतबार, १० चैत २०८१, १९ : १४
काठमाडौं । अमृत साईन्स क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रूद्रहरी पोखरेल निर्वाचित भएका छन् ।
आज सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अनुसार पोखरेलसहित अनेरास्ववियुको पुरै प्यानल नै निर्वाचित भएको हो । पोखरेलले ६५९ मत ल्याउदा उनमा प्रतिस्पर्धि विश्राम शर्मा पौडेलले ३६३ मत प्राप्त गरे ।
चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जि विद्यार्थी बसिरहेको आरोप लगाउदै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले निर्वाचनका बाँकी प्रकृया तत्काल अघि बढाउन आदेश जारी गरेपछि बसेको सर्वपक्षीय बैठकले आजका लागि निर्वाचनको मिति तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण