उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता रावल कारागार चलान
आइतबार, १० चैत २०८१, १९ : २९
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावललाई कीर्तिपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए ।
पक्राउ लगत्तै उनलाई अदालत उपस्थित गराएर अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी शाहीले जानकारी दिए । उनले भने, ‘अदालतको आदेश अनुसार उहाँलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।’
२०८१ माघ २२ मा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश सदर गरेर रावल सहितका प्रतिवादीहरूलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
नेविसंघमा आबद्ध रावल सहितका व्यक्तिहरूले २०७७ मा त्रिवि परिसरमा चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण