पहिलो ‘क्लासिको’ मा मुम्बईमाथि चेन्नई हाबी

चेन्नई। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो ‘क्लासिको’ मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ४ विकेटले विजयी बनेको हो ।
जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले ५ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पछ्यायो । टोलीका रचिन रवीन्द्र नायक बने । उनले नट आउट रहेर ४५ बलमा ६५ रन जोड्दै टोलीलाई जितसम्म डोर्याए । यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान रुतुराज गैकवाडले २६ बलको सामना गर्दै ५३ रन बनाए । उनले यस क्रममा ६ चौका र ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजाले १८ बलमा १७ रनको योगदान दिए । मुम्बईका लागि भिग्नेस पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । दीपक चहर र विल ज्याक्सले एक–एक विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेको थिएन । रोहित शर्मा पहिलो ओभरमा शून्य रन बनाएर पभेलियन फर्किए । त्यसपछि पनि टोलीले निरन्तर रुपमा विकेट गुमाउँदै गयो ।
टोलीका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । कप्तान सूर्यकुमार यादवले २९ रन तथा दीपक चहरले २८ रनको योगदान दिए ।
चेन्नईका लागि नुरु अहदमले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट हात पारे । खलिल अहमदले ३ विकेट लिए भने नाथन इलिस र रवीचन्द्रन अश्विनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’