पहिलो ‘क्लासिको’ मा मुम्बईमाथि चेन्नई हाबी
चेन्नई। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो ‘क्लासिको’ मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ४ विकेटले विजयी बनेको हो ।
जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले ५ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पछ्यायो । टोलीका रचिन रवीन्द्र नायक बने । उनले नट आउट रहेर ४५ बलमा ६५ रन जोड्दै टोलीलाई जितसम्म डोर्याए । यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान रुतुराज गैकवाडले २६ बलको सामना गर्दै ५३ रन बनाए । उनले यस क्रममा ६ चौका र ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजाले १८ बलमा १७ रनको योगदान दिए । मुम्बईका लागि भिग्नेस पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । दीपक चहर र विल ज्याक्सले एक–एक विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेको थिएन । रोहित शर्मा पहिलो ओभरमा शून्य रन बनाएर पभेलियन फर्किए । त्यसपछि पनि टोलीले निरन्तर रुपमा विकेट गुमाउँदै गयो ।
टोलीका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । कप्तान सूर्यकुमार यादवले २९ रन तथा दीपक चहरले २८ रनको योगदान दिए ।
चेन्नईका लागि नुरु अहदमले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट हात पारे । खलिल अहमदले ३ विकेट लिए भने नाथन इलिस र रवीचन्द्रन अश्विनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण