रोहित शर्माको नामसँग जोडियो यस्तो खराब कीर्तिमान !
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोहित शर्माको नाममा एउटा खराब कीर्तिमान जोडिन पुगेको छ । चेन्नई सुपर किङ्स र मुम्बई इन्डियसन्सबिचको खेलपछि रोहितको नाममा यस्तो खराब कीर्तिमान जोडिएको हो ।
रोहित भारतीय टोलीका कप्तान पनि हुन् । चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ओपनर ब्याट्सम्यान शुन्य रनमै पेभेलियन फर्किए । केवल तीन मिनेट क्रिजमा उभिएका रोहितले चार बलको मात्र सामना गरेका थिए ।
योसँगै रोहित शर्मा आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन् । सन् २००८ देखि सुरु भएको आईपीएलको इतिहासमा रोहित १८ औँ पटक शून्य रनमा आउट भएका हुन् ।
रोहित शर्माका अतिरिक्त ग्लेन म्याक्सवेल र दिनेश कार्तिक पनि आईपीएलमा १८–१८ पटक शून्य रनमा आउट भएका छन् । यो खराब कीर्तिमान अब संयुक्त रुपमा यी तीन खेलाडीको नाममा गाँसिन पुगेको छ ।
रोहित राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा पनि चार–चारपटक शून्य रनमा आउट भएका छन् । यसका अतिरिक्त आईपीएलमा हालसम्म पियुष चावला र सुनिल नारिन हालसम्म १६–१६ पटक शून्य रनमा आउट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण