प्रेस चौतारी महाधिवेशनः मतदानको समय नै नदिई निर्वाचन तालिका सार्वजनिक
विराटनगर । प्रेस चौतारीले नयाँ नेतृत्व चयनका लागि मतदानको समय नै नराखी निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचन सम्बन्धी सुचनामा मतदाता नामावली प्रकाशन, नामावली माथि दाबी विरोध, दाबी विरोध उपर जाँचबुझ, अन्तिम नामावली प्रकाशन आज दिउँसो साढे २ बजेसम्मको समय दिइएको छ ।
यस्तै उम्मेद्वारको मनोनयनको लागि २ः४५ बजे, उम्मेद्वारको नामावली प्रकाशन ३ बजे, उम्मेद्वारमाथि दाबी विरोध ३ः१० बजे, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेद्वारी फिर्ता लिने समय ४ः१५ बजे र उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकिएको छ ।
त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।
प्रेस चौतारीको नयाँ नेतृत्व एकलौटी घोषणाको तयारी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा हुन लागेको हो ।
अध्यक्षमा दाबी गरिरहेका राजेश राई पक्षले भने निर्वाचनको माग गरिरहेका छन् । निर्वाचन नभएको खण्डमा समानान्तर कमिटी घोषणा गरेर अगाडि बढ्ने सो पक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण