कोटेश्वर क्याम्पस प्रमुख पोखरेललाई विद्यावारिधि
सोमबार, ११ चैत २०८१, १८ : ०४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख प्रकाश पोखरेललाई विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायले ‘नेपालमा अप्रत्यक्ष करको संरचना, उत्पादकत्व र वृद्धि ’ शीर्षकमा सोध गरेबापत पोखरेललाई पीएचडी उपाधि प्रदान गरेको हो ।
त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले सोमबार पोखरेलको अन्तिम प्रस्तुति लिएको थियो । उक्त प्रस्तुतिपछि त्रिविले सोमबार नै पोखरेललाई विद्यावारिधि उपाधि प्रदान गरेको हो ।
१४ वर्षदेखि कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गराउँदै आएका पोखरेल गत पुस २३ गते क्याम्पस प्रमुख नियुक्त भएका थिए । पोखरेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा एक दर्जनजति रिसर्च आर्टिकल प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण