कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।
‘मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सबै अनुदान पारदर्शी हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।
विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए । कृषि मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण