मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी

मङ्गलबार, १२ चैत २०८१, १३ : ००
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।

 ‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।

विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले  विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए  । कृषि मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको  प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले  मात्र कृषि क्षेत्रमा राज्यले   लिएको  लक्ष्य पुरा हुन सक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप