कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघरमा विरोध प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, १२ चैत २०८१, १५ : १३
_ZNJbvPwydh.jpg)
काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरूले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँ, सिङ्गो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार विरोध चर्का नारा लगाएका थिए ।
माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरूको प्रदर्शनमा विभिन्न दलका नेताहरू पुगेर ऐकबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !