देशमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात
काठमाडौँ । नेपालमा उत्पादित ८८.६ प्रतिशत चिया निर्यात हुने गरेको पाइएको छ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्ययोजनाले कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने जनाएको हो । यस्तै अर्गानिक सर्टिफाइड चिया २१.६३ प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।
कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालको चिया उद्योग विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ । अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ । विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा ओर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ ।
अध्ययनका अनुसार कोशी प्रदेशमा हाल एक सय वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । जसमा २१ वटा अर्गानिक सर्टिफाइड र ७९ वटा अर्गानिक अनसर्टिफाइड छन्। आर्थिक वर्ष २०७९/०८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत रहेको छ।
अध्ययनमा सहभागी ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ, जसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपुँजी रहेको छ।
वैदेशिक लगानी भने दुई उद्योगमा मात्र रहेको छ। त्यस्तै अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रतिकेजी ९४१.६० रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ छ। अनसर्टिफाइड चियाको मूल्य भने आन्तरिक बजारमा ४३३.७१ रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैयाँ मात्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण