इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
काठमाडौँ । सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ ।
लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए ।
मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने निर्णय गरिएको थियो । यसअघि सिराहाका प्रजिअ बासुदेव दाहालको पनि जिम्मेवारी खोसेर गृह मन्त्रालय तानिएको थियो ।
सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काएर स्थानान्तरण गरिएको घटना ‘विवादित’ बनेको छ । सो प्रकरणमा गाउँपालिका अध्यक्ष सहित दुई जना थुनामा छन् । तर, लहानको डीएसपी सरुवा सो घटनासँग सम्बन्धित नभएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण