यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट
भोलि(शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा हुने चार दलीय समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट तय भएको छ । बिहान ११ बजे जम्मा हुने रुटहरूमा नेकपा माओवादी केन्द्रले पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् । विप्लव नेतृत्वको नेकपाले सुनधारा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने मोर्चाका नेताहरूले बताएका छन् ।
यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । बुधवार बसेको मोर्चाको बैठकले जुलुस निकाल्ने ठाउँ, नारा र समय निश्चित गरेको थियो । सभा दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण