अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन् ।
बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै महर्जनले महानगरपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताए ।
उनले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताए । महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताए । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकास पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको शिलान्यास चाहिँ उहाँ आउनुभन्दा अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ ।’
मेयर महर्जनले रात्रिकालीन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन सहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुने गरी बत्ती राख्ने काम सुरु भएको बताए । उनले भने, ‘अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मोबिलाइज भइसक्या छ र आउँदो दसैँसम्म बत्ती राख्छौँ भनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण