श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?
शुक्रबार, १५ चैत २०८१, ११ : ४६
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्यान्ड र श्रीलङ्काको भ्रमणमा जाँदैछन् । अप्रिल ३ देखि अप्रिल ६ सम्म उनले यी दुई देशको भ्रमण गर्नेछन् । यो जानकारी भारतीय विदेश मन्त्रालयले शुक्रवार दिएको हो ।
मोदी अप्रिल ३ र ४ मा थाइल्यान्डको भ्रमणमा हुनेछन् । यस अवधिमा उनी बैँककमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुने बताइएको छ ।
मोदीले अप्रिल ३ मा थाइल्यान्डका प्रधानमन्त्रीसँग पनि भेट्नेछन् । थाइल्यान्ड भ्रमणपछि मोदी श्रीलङ्काको भ्रमणमा जानेछन् । भ्रमणका क्रममा मोदीले श्रीलङ्काका राष्ट्रपति अनुराकुमार दिसानायकेसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण