तीनकुनेमा झडपपछि देखिएनन् राजावादी नेताहरु, फेसबुकबाट दुर्गा प्रसाईले गरे यस्तो आग्रह
काठमाडौँ । शुक्रबार तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् ।
प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो । यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए ।
उनीहरुले सम्बोधन गर्ने तय भएपन एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो । यससँगै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी नेतृत्व तयहका नेताहरुले मैदान छाडे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताए ।
सोही कारण प्रदर्शन हिंसात्मक बन्न पुग्यो । प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाउनुपरेको छ ।
यसैबीच संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न केहीबेर अघि फेसबुकमार्फत आह्वान गरेका छन् । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छ्न् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ । यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईको भनाइ छ ।
स्थिति नियन्त्रणबाहिर पुगेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण