लिग–२ प्रतियोगिताको तयारीका लागि क्रिकेट टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी खेलका लागि प्रशिक्षण सञ्चालन गर्न ४८ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा अनुभवीसँगै युवा खेलाडीलाई पनि समेटिएको छ ।
तयारी क्याम्पका लागि घोषित टोलीमा रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुलसन कुमार झा, करण केसी, ललित राजवंशी, अनिलकुमार साह, सन्दीप जोरा र आरिफ शेख रहेका छन् ।
टोलीमा भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद र प्रतिश जीसीले पनि स्थान पाएका छन् ।
यसैगरी, टोलीमा अविनाष बोहरा, मयान यादव, अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्ज्वल थापा र तृतराज दासलाई पनि समेटिएको छ ।
दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, सकिब हक, विनोद भण्डारी, पवन सर्राफ, रासिद खान र अर्जुन साउदले टोलीमा स्थान पाएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै क्यानले लिग–२ प्रतियोगिताको तयारीका लागि प्रारम्भिक टोली घोषणा गरेको हो ।
आठ राष्ट्र सम्मिलित लिग–२ तालिकामा १२ खेलबाट ६ अंक बटुल्दै नेपाल सातौँ स्थानमा छ । १६ खेलबाट २२ अंक बटुलेको अमेरिका तालिकाको पहिलो स्थानमा आसिन छ । दोस्रो स्थानमा आसिन नेदरल्यान्ड्सले १६ खेलबाट २० अंक जोडेको छ ।
यसैगरी, १६ खेलबाट २० अंक हात पार्दै क्यानडा तेस्रो, १६ खेलबाट १८ अंक बटुल्दै ओमान चौथो, २० खेलबाट १४ अंक हात पारेको नामिबिया पाँचौँ, ११ खेलबाट १४ अंक जोडेको स्कटल्यान्ड छैटौँ र ११ खेलबाट चार अंक हात पारेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।
तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सिधै आगामी आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् । आगामी एकदिवसीय विश्वकस सन् २०२७ मा आयोजना हुँदैछ ।
यसअघि, क्यानले हङ्कङ भ्रमणका लागि तयारी क्याम्प सञ्चालन गर्न पनि टोलीको घोषणा गरेको थियो । हङ्कङ भ्रमणको तयारीका लागि घोषित टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, किरण ठगुन्ना र लोकेश बम रहेका छन् ।
टोलीमा बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुलसन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, साहब आलम र विवेक यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण