एकीकृत समाजवादी निकट खेलकुद महासंघको महाधिवेशन सोमबारदेखि
आइतबार, १७ चैत २०८१, ११ : ४०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १८ गते सोमबारदेखि सुरु हुँदैछ । महाधिवेशन राजधानीको नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा पूर्वप्रधानमन्त्री एवं (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी भएको महासङ्घका प्रचार विभाग सदस्य विवेक अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार महाधिवेशनमा ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल सङ्घहरूबाट गरी ४४२ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । यस महाधिवेशनले आगामी कार्यकालका लागी नयाँ निर्वाचन मार्फत नयाँ कमिटी निर्माण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण