भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ, ब्ल्याक लेबलदेखि लिपिस्टिकसम्म बरामद
काठमाडौँ । शुक्रबार पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
दुर्गा प्रसाई नेतृत्वको राजावादीहरूले निकालेको प्रदर्शनका कारण भाटभटेनी तोडफोडसमेत भएको थियो। तोडफोडपछि लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूबाट चैत १६ र १७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई सामानसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने सबै जना उक्त भाटभटेनी आसपासकै रहेका पाइएका छन् ।
पक्राउ पर्नेहरूमा धनुषा घर भई कोटेश्वर बस्ने आशीष साह, सर्लाही घर भई कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महतो, नरेफाँट नै बस्ने भारत घर भएका रवि रञ्जन कुमार, नुवाकोट घर भई कोटेश्वर बस्ने सुशीला कुमाल, सुनसरी धरान घर भएकी कोटेश्वर बस्ने एलिसा राई, कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोक घर भई नरेफाँट बस्ने निर्मला कार्की, सिन्धुली घर भई नरेफाँट बस्ने चित्रमाया बस्नेत र सिन्धुली तीनपाटन घर भई नरेफाँट नै बस्ने सुस्मिता बराल रहेका प्रहरीले जानकारी दिएको छ ।
बरामद सामान:-
- Black Label मदिरा थान-१ (1ltr )
- Jack Daniels मदिरा थान-२ ( 2ltr)
- वियरको खाली बोतल थान -४
- Yarchagumba Brand को मदिरा थान -१ ( 750ml)
- ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर
- १ थान ट्रे, १ थान क्यारेट
- १ थान क्यारेट
- फलफुल
- लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,
- अन्य सामान थान- १२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण