अदालत परिसरमा समर्थकलाई धवलशमशेरले भने– नआत्तिनुस्, गन्तव्य नजिक छ
काठमाडौँ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएपछि पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणाले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।
आइतबार काठमाडौँ जिल्ला अदालत परिसरमा पुगेका समर्थकलाई प्रतिक्रिया दिँदै उनले नआत्तिन आग्रह गर्दै गन्तव्य नजिक भएको दाबी गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले धवलसहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ ।
यसैबिच अदालतमा म्याद थपको बहस हुँदा राणाका वकिलले उनी क्यान्सरको बिरामी रहेको भन्दै अस्पताल बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । तर, बहसकै क्रममा उठेका धवलले आफू पक्राउ परेका सहकर्मीहरु बस्न तयार रहेको भन्दै जे मन लाग्छ त्यही आदेश गर्न न्यायाधीशलाई भनेका थिए ।
राणा राजावादीहरूको संयुक्त आन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिका संयोजक हुन् । सोही हैसियतमा उनी तीनकुनेको प्रदर्शनमा सहभागी भएका थिए । आन्दोलनमा हिंसा भड्किएपछि उनी शुक्रबार नै पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण