अदालत परिसरमा समर्थकलाई धवलशमशेरले भने– नआत्तिनुस्, गन्तव्य नजिक छ

काठमाडौँ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएपछि पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणाले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।
आइतबार काठमाडौँ जिल्ला अदालत परिसरमा पुगेका समर्थकलाई प्रतिक्रिया दिँदै उनले नआत्तिन आग्रह गर्दै गन्तव्य नजिक भएको दाबी गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले धवलसहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ ।
यसैबिच अदालतमा म्याद थपको बहस हुँदा राणाका वकिलले उनी क्यान्सरको बिरामी रहेको भन्दै अस्पताल बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । तर, बहसकै क्रममा उठेका धवलले आफू पक्राउ परेका सहकर्मीहरु बस्न तयार रहेको भन्दै जे मन लाग्छ त्यही आदेश गर्न न्यायाधीशलाई भनेका थिए ।
राणा राजावादीहरूको संयुक्त आन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिका संयोजक हुन् । सोही हैसियतमा उनी तीनकुनेको प्रदर्शनमा सहभागी भएका थिए । आन्दोलनमा हिंसा भड्किएपछि उनी शुक्रबार नै पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन